नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गरेका छन । आज पार्टी कार्यालय च्यासलमा जनसंगठनको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक अवस्था क्षतविक्षत अवस्थामा पुगेको र राजनीति अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताएका हुन । अध्यक्ष ओलीले सरकारले विदेशीसँग एउटा कुरा र संसदमा अर्कै कुरा गर्ने गरेको भन्दै असन्तुष्टि समेत जनाए ।

अध्यक्ष ओलीले संसदमा पोशाक लगाएर आऊ भन्दा त्यसको विरोध र अवज्ञा गर्नुलाई बहादुरी ठान्ने अवस्था आउनु राम्रो नभएको समेत बताए । उनले हुँडारको बथानले जसरी आक्रमण गर्दा पनि आफुले पार्टीलाई जोगाएर अघि बढाएको दाबी समेत गरे ।

पार्टी नेतृत्वप्रति अनास्था जगाउने, निष्ठा ध्वस्त पार्ने, आस्था भंग गरिदिने, अन्तरध्वंस मच्चाउने नराम्रा घटना विगत २ वर्षमा भएको उल्लेख गर्दै अध्यक्ष ओलीले अहिले पार्टी सशक्त ढंगले पुनर्जिवित भएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय