काठमाडौं । लघुवित्त पीडित र सरकारबीच आज ६ बुँदे सहमति भएको छ ।
अर्थमन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएको हो । सहमतिपत्रमा लघुवित्तलाई सेवामुखी बनाउन के गर्न सकिन्छ भन्ने विषयमा कानुनी व्यवस्थाका लागि राष्ट्र बैंकलाई सिफारिस गर्न अनुरोध गर्नेलगायतका विषय समेटिएको छ ।शुक्रबार भएको सहमतिपत्रमा सरकारको तर्फबाट वार्ता टोलीका संयोजक सह–सहसचिव एवम् वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल र आन्दोलनकारीका तर्फबाट वार्ता टोली संयोजक पुनाराम (मनिराम) ज्ञवालीले हस्ताक्षर गरेका छन् ।




लघुवित्तबाट पीडित भएको भन्दै उनिहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । आन्दोलनरत संघर्ष समितिले आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने सहमति भएको छ ।



