सिन्धुपाल्चोक, ८ फेब्रुअरी: नेकपा माओवादीका उपमहासचिव एवम् पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले वर्तमान सरकारलाई लोकतन्त्रको खिल्ली उडाउन तल्लीन भएको आरोप लगाएका छन्। शनिबार ज्यामिरेमानेमा आयोजित इन्द्रावती गाउँपालिकाको तेस्रो सम्मेलन तथा खबरदारी सभामा बस्नेतले सरकारको स्वेच्छाचारी रवैयाले लोकतान्त्रिक मूल्यमान्यतामा आँच पुर्याएको र विचौलिया र स्वार्थ समूहहरूको पक्षमा काम गरिरहेको बताएका छन्।
यसैबीच, माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले भ्रष्टाचार मुक्त र सुशासन युक्त सरकारको माग गर्दै समाजवादको प्राप्तिको लागि यस्ता कदमहरूको आवश्यकता औंल्याए। उनले प्रचण्ड नेतृत्वको सरकारको ढलाइमा काङ्ग्रेस र एमालेको हस्तक्षेपको आलोचना गरे।



पूर्वमन्त्री एवम् बागमती प्रदेश सदस्य युवराज दुलालले पनि सरकारको भ्रष्टाचारप्रति आक्रोश व्यक्त गर्दै वर्तमान सरकारको आयु लामो नहुने दाबी गरे।
कार्यक्रममा माओवादी केन्द्रका अन्य नेताहरूले पनि सम्बोधन गर्दै आगामी अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने जानकारी दिएका छन्।



