काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरदार प्रीतम सिंहको विषयलाई लिएर बबण्डर मचाउन खोजिएको आरोप लगाउनु भएको छ ।
अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रममा उहाँले सोमवार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रीतम सिंहले बोलेको कुरा आफूले बोले पनि त्यसमाथि बबण्डर मचाउन खोजिएको बताउनु भएको हो ।



उहाँले सिंह सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभई राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्नुभयो । उहाँले विपक्षीले गरेको षड्यन्त्र कुनै हालमा सफल नहुने उल्लेख गर्नुभयो ।
उहाँले चाँडै माओवादी एउटै केन्द्रमा आउने र सबै संगठन एकै ठाउँमा उभिएर नयाँ समाजवादी आन्दोलनको सुरुवात गर्ने उल्लेख गर्नुभयो ।



