काठमाडौं । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका शिवशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ ।
प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६, का ३० वर्षीय साहको बरहथवास्थित चोर्निया पुलमा घटनास्थलमै मृत्यु भएको थियो । प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव घटनास्थलबाट उठाउन दिएका छैनन् ।

शनिवार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा भएको वार्तामा आन्दोलित पक्षबाट स्वास्थ्य केन्द्र ५० शय्याको बनाउन तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, नगरप्रमुखले राजीनामा दिनुपर्ने लगायतका मागमा अडान रहेपछि कुनै निष्कर्ष निस्किएन । आइतबार पुनः जिल्ला प्रशासन कार्यालय मलंगवामा छलफल हुँदै छ । स्थानीयहरू शुक्रवार दिउँसोदेखि नै मृतकको शव सडकमै राखेर बसेका छन् । उनीहरू माग पूरा नहुन्जेल शव उठाउन नदिने अडानमा बसिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय