काठमाडौं । सर्वोच्च अदालतको गेट अगाडि एक महिलाले मट्टीतेल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् ।

न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले आइतबार मध्यान्ह सर्वोच्चको गेट अगाडि पुगेर आत्मदाहको प्रयास गरेकी हुन् । उनले आफ्नो शरीरमा मट्टितेल छर्किएर आत्मदाह प्रयास गरेकी हुन् । उनलाई प्रहरीले तत्काल उद्धार गरेको छ। उनलाई उपचारका लागि वीर अस्पताल पु-याइएको छ । उनले श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी छन्।

 

कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि न्यायाधीश गिरी गतवर्ष चैत २८ गते पक्राउ परेका थिए । गिरीलाई अदालतले धरौटीमा रिहा गरेको थियो । गिरीकी श्रीमतीले भने उनलाई थुनामा राख्नुपर्ने माग गर्दै आएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय