काठमाडौं । प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपाल पुलिस स्कुल र लिटिल एन्जल्स स्कुल विजयी भएका छन् ।

ग्रीन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुर र लिटिल एन्जल्स स्कुल, हात्तिवन ललितपुरबीच भएको पहिलो खेलमा ग्रीन भिलेजलाई ११ गोलले पराजित गर्दै लिटिल एन्जल्स विजयी भएको हो । लिटिलका कृयुष डंगोलले २ गोल, प्रसुन तुलाधर ३ गोल, ओस्कर लामाले २ गोल, अनमोल सुब्बाले १ गोल, निश्चल नेपालीले १ गोल, शिलभम मगर १ गोल गरेका थिए । ग्रीन भिलेजले १ गोल आत्मघाती गरेको थियो ।

यसैगरी आजै भएको दोस्रो खेलमा नेपाल पुलिस स्कुल, साँगाले काव्या स्कुल, बुद्धनगर काठमाडौंलाई ६–१ गोलअन्तरले पराजित गरेको छ । पुलिस स्कुलको तर्फबाट प्रशान्त मोक्तान, किस्मत राज गिरी, प्रज्ज्वल हुमागाई, नसिव हेनजन, राज दर्जीले १–१ गोल गरेका थिए ।

आजको खेलमा लिटिल एन्जल्स स्कुलका प्रशुन तुलाधर र नेपाल पुलिस स्कुलका प्रशान्त मोक्तान उत्कृष्ट खेलाडी घोषित भए । तुलाधरलाई विद्यालयका समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाईले र मोक्तानलाई सशस्त्र प्रहरी उपरीक्षक समिक कुमार महर्जनले ट्रफी प्रदान गर्नुभएको थियो ।

शुक्रबार तीन खेल हुँदैछ । पहिलो खेल हारती शिक्षा मन्दिर सीतापाईला र राई स्कुल नक्साल, दोस्रो खेल ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातीर्थ र नेपालय हाईयर सेकेण्डरी स्कुल, कलंकी र तेस्रो खेल मनकामना सेकेण्डरी स्कुल जोरपाटी र नेपाल एपीएफ स्कुल कीर्तिपुरबीच प्रतिस्पर्धा हुनेछ ।

विद्यालय तहबाटै फुटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले नेपाल एपीएफ स्कुल कीर्तिपुरले माघ २२ गतेबाट प्रतियोगिता संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय