बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारीले रकम हिनामिना गरेको भन्दै पीडितले अदालतमा ठगी मुद्दा दायर गरेका छन् । सहकारीका १ हजार ५ सय ४३ जना पीडितले सहकारीका प्रमुख देवकुमार नेपालीलाई विपक्षी बनाएर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेका हुन् ।

बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपाली हजारौं बचत कर्ताले सहकारीमा जम्मा गरेको अरवौ रकम अबचलन गरेर रातारात फरार भएपछि सहकारी पीडितहरु आन्दोलनमा उत्रिएका छन् । आफुहरूले खाइ नखाई जम्मा गरेको बचत सहकारीका अध्यक्ष नेपाली अबचलन गरेर फरार भएपछि सहकारी पीडितहरुले आन्दोलनका कार्यक्रम अघि बढाउनुका साथै जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

सहकारी पिडितहरूले चलाएको आन्दोलनप्रति बागलुङ नगरपालिकाको पनि ऐक्यवद्धता जनाएको छ । नगरपालिकाले पिडितहरूलाइ न्याय दिलाउन कुनै कसर बाकी नराख्ने प्रतिवद्धता जनाएको छ । पीडितहरुको आन्दोलन अघि बढेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले पनि जनताले उपलब्ध गराएको सुचनाको आधारमा सहकारीका अध्यक्षलाई पक्राउ गर्न सहयोग गर्ने जनाएको छ ।

अधिकांश पीडितहरुले सहकारीका अध्यक्ष नेपालीबिरुद्ध आर्थिक अपराधको मुद्दा लगाउन राज्यको ध्यानाकर्षण गरेका छन् । आर्थिक अपराधको मुद्दा लगाएर इन्टरपोलमार्फत पक्राउ गरी नेपालीको जायजेथाबाट भएपनि बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । पीडितहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले पनि सहकारी संचालकलाइ कार्वाही गराउनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

बागलुङको सदरमुकामसहित गलकोट, बुर्तिवाङ र पोखरामा समेत शाखा रहेको इमेज सहकारीमा आकर्षक व्याजदर पाउने आश्वासनमा सयौंले बचत गरेका थिए । तरलता अभावको कारण देखाउँदै गत बैशाख ६ गतेको संचालक समिति बैठकको निर्णय भन्दै बैसाख ७ गतेदेखि सहकारी बन्द गरिएको हो । सहकारी बन्द भएपछि पीडितहरुले बागलुङमा विरोध प्रदर्शनका कार्यक्रमहरु गर्नुका साथै काठमाडौँको माइतीघर मण्डलामा समेत आन्दोलन जारी राखेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय