काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङ मुछिनुभएको छ । धनराज र श्रीमती ज्योति गुरुङविरुद्ध सहकारी ठगीको आरोमा विभिन्न निकायमा उजुरी परेसँगै दुवैजना सहकारी ठगी प्रकरणमा मुछिएका हुन् ।

ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन महाप्रबन्धक ज्योती गुरुङले सहकारीको करिब १५ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । संस्थाको महाप्रबन्धक रहेको समयमा १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेर ज्योती गुरुङ विगत चार वर्षदेखि सम्पर्कविहीन भएको खुल्न आएको छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद गणेश पराजुलीले सांसद गुरुङमाथि छानबिन गर्न माग गर्नुभयो । संस्थाको अध्यक्ष कुम्भराज गुरुङले आफ्नो संस्थाको करिब १५ करोड रकम हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएको बताउँदै छानबिन गर्न सरकारसँग माग गर्नुभयो ।

गुरुङमाथि छानविनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने भनेर समेत प्रश्न गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय