रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका काँग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गर्नुभएको छ ।

पार्टी सम्बद्ध पत्रकारको संस्था प्रेस सेन्टरले गृह जिल्ला रोल्पाको लिवाङमा गरेको कार्यक्रममा पुनले सहकारीकै आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रवि लामिछानेलाई पक्राउ गर्ने तर, गुरुङ र पोखरेललाई सरकारले जोगाउन खोजेको बताउनु भयो ।

पुनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनता त्यसको कडा प्रतिवादमा उत्रने चेतावनी समेत दिनुभयो ।

राज्यका नियकाले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने उहाँको भनाइ थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय