सहकारीमा जम्मा गरेको रकम अबचलन गरेर सहकारीका संचालक रातारात फरार भएपछि यतिबेला सहकारीका सदस्यहरू माइतीघर मण्डलामा बसेर ३ सातादेखि आन्दोलनमा छन् । असारको झरिको समेत प्रवाह नगरि पिडित सहकारीका सदस्यहरू सडकमा बसेर आन्दोलन गर्दासमेत सरकारले कुनै चासो नदेखाएको पीडितहरुको गुनासो छ ।
गाउँ गाउँमा सहकारी घर घरमा भकारी पुरानो नारा सहित गरिब तथा बिपन्न वर्गको उत्थान गर्ने उदेश्यले खोलिएका सहकारी संस्थाहरू एकपछि अर्को सहकारी बचत रकम लिएर फरार भएपछि सहकारी पिडितहरू आन्दोलन गर्न बाध्य भएका छन् । देशमा नाम चलेको ओरेन्टेल सहकारी ,कान्तिपुर ,इमेज ,शिवशिखर सहकारी लगायत तीन दर्जनभन्दा बढी सहकारीबाट पीडित सदस्यहरू तीन सातादेखि माइतीघर मण्डलामा बसेर आन्दोलन गरिरहेका छन् ।



सहकारी पीडितहरुले सांसदलाई दिने भनिएको सांसद विकास कोषको रकम पीडितहरुको लागि कोष बनाएर सहजीकरण गर्न माग गरेका छन् । ठगी गर्ने सहकारी लाई कार्वाही गरेर बचतकर्तालाई न्याय दिनुृपर्ने उनीहरुको भनाइ छ ।
काठमाडौंको माइतीघर मण्डलामा २७ दिनदेखि काठमाडौ ललितपुर ,भक्तपुर धरान पोखरा हेटौंडा ,बागलुङ लगायत जिल्लाका ३७ वटा सहकारीबाट ठगिएका सहकारी सदस्यहरू आन्दोलन गरिरहेका छन् । देशको अर्थतन्त्रको ३ खम्बे अर्थ नितिको रूपमा रहेको सहकारी संस्थालाई सरकारले सहि ढंगले संचालन गर्न सकेको छैन । जसका कारण सहकारीका सदस्यले राखेको अरवौं रूपैयाँ अपचलन गरेर संचालनक नै भोगिरेका छन् ।



