देशभरका सहकारी पिडितहरूले राजधानीको माइतीघर मण्डलामा बसेर आन्दोलन गरेको ५१ दिन पुगेको दिन आफ्नो माग पुरा गराउन माइतीघर मण्डलामा बसेर आन्दोलन जारी राखेका छन् ।सहकारी पिडितहले सहकारीमा जम्मा गरेको आफ्नो बतत रकम तुरुन्त फिर्ता गराउन सरकार संग माग गरेका छन् ।
गाउँ गाउँमा सहकारी घर घरमा भकारी भन्ने नारा साथ अगाडि बढेको सहकारी संस्थाहरूलाइ अनुगमन र नियमन गर्ने निकाय निकम्मा हुदा एकपछि अर्को सहकारी संस्थाहरू बचत कर्ताले जम्मा गरेको बचत रकम अबचलन गरेपछि सहकारी पिडितहरू ५१ दिनदेखि माइतीघर मण्डलामा बसेर आन्दोलन गरिरहेका छन् ।



देशभरका सहकारी पिडितहरू सहकारी पिडित बचत कर्ता संघर्ष समिति महासंघ गठन गरेर जेठ २० गतेदेखि काठमाडौ माइतीघर मण्डलामा बसेर चरण बद्व रूपमा आन्दोलन गरेपनि अहिलेसम्म सुनुवाइ नभएको सहकारी पिडित बचत कर्ता संघर्ष समिति महासंघले जनाएको छ ।सहकारीका बचत कर्ताहरूले आफुहरूले सहकारीमा जम्मा गरेको बचत रकम फिर्ता पाउनुपर्ने सहकारीले बचत गरेको रकम फिर्ता नगर्दा अहिले आर्थिक रूपमा समस्या बिद्यालय क्याम्पसमा पढाइ शुल्क तिर्न समेत समस्या भएको सहकारी पिडितहरूको गुनासो छ ।
ओरेन्टिल सहकारी ,देउराली सहकारी प्रस्परस सहकारी ,खुशी सहकारी ,कान्तिपुर सहकारी, सिभिल सहकारी,सुमो सहकारी , उत्तम सहकारी ,गेट(वे सहकारी, लसकुश सहकारी , सन्ध्या सहकारी , शिव शिखर बहुउद्देश्यीय सहकारी , शुभकार्य सहकारी , प्रज्ञान सहकारी, स्वस्तिक सहकारी , लजगा सहकारी , ओसिन सहकारी ,हाम्रो नयाँ कृषि सहकारी, नेशनल डेभलपमेन्ट सहकारी , इमेज सहकारी पिडीत बागलुङ, बराहा सहकारी धरान, गुड्वेल सहकारी , अष्ट सहकारीले हजारौं सहकारी सदस्यहरूले बचत गरेको अरवौ रकम अबचलन गरेर फरार छन् ।
देशभरका ७ दर्जनभन्दा बढी सहकारी संस्थाका सहकारी पिडितहरूले आफुले जम्मा गरेको बचत रकम फिर्ता पाउनुपर्ने ,सहकारीको नाममा ठगि गरेर फरार हुने सहकारी संचालकलाइ पक्राउ गरेर बचत कर्ताको सम्पुर्ण सावाँ ब्याज सहित रकम फिर्ता गराउन माग राख्दै माइतीघर मण्डलामा बसेर आन्दोलन गरिरहेका छन् ।माइतीघर मण्डलामा सहकारी पिडितहरू श्रावण १ गतेदेखि रिले अनशन बसेर सरकारलाई दवाब दिइरहेका छन् ।



