साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलब ६२ अंकले घटेर दुई हजार ७० दशमलब २५ को बिन्दुमा रोकिएको हो । आज तीन सय चार कम्पनीको ८४ लाख ४ हजार ७६ कित्ता सेयर ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४ रुपैयाँमा खरिदबिक्री भएका छन ।
आईतबार सबैभन्दा धेरै शिवम सिमेन्टको ४१ करोड ६४ लाख १७ हजार ६ सय ८० रुपैयाँको शेयर कारोबार भएको छ । आज सप्तकोसी डेभलपमेन्ट बैंकको सेयरमा सकरात्मक सर्किट लागेको छ । भने वीन लेपाल लघुवित्त वित्तिय संस्थाको सेयर सेयर मूल्य घटेको छ । आज १ सय ५० कम्पनीको सेयर मूल्य घट्दा ८४ कम्पनीको बढेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।






