कास्की – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरूलाई सानो देशमा जन्मिएको भन्ने हिनताबोध नराख्न आग्रह गरेका छन्। पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहलाई बिहीबार कास्कीको ढुङ्गेपाटनमा सम्बोधन गर्दै उनले भने, कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन।विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै उनले भने, हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन, हात्तीलाई तालिम दिएर माउते बन्ने प्रयास गर्नुपर्छ। उनले साहसी भएर समाज र राष्ट्रका लागि योगदान दिन विद्यार्थीहरूलाई आह्वान गरे। प्रधानमन्त्री ओलीले विश्वविद्यालयहरूलाई रुपान्तरणकारी विकासमा जोड दिनुपर्ने बताउँदै भने, हामीसँग उर्वर भूमि छ, यसलाई उपयोग गरी समृद्धिको बाटो लिनुपर्छ। यस काममा विश्वविद्यालयहरू सक्रिय हुनुपर्छ, सरकार सधैँ विश्वविद्यालयको साथमा छ।

नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम भूमि भएकाले दीक्षित विद्यार्थीहरूले इमानदारिता र आत्मविश्वासका साथ समाजका लागि योगदान गर्नुपर्ने ओलीको भनाइ थियो। इमानदारिताले मात्रै सकारात्मक सफलता पाइन्छ, बेइमानी गरेर प्राप्त सफलता समाजका लागि उपयोगी हुँदैन,उनले जोड दिए। समारोहमा प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति ओलीले विभिन्न संकायका सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय