काठमाडौं । काठमाडौंको सानो भर्याङस्थित यातायात कार्यालयमा ठगी गर्दै सवारी दर्ता किताब नवीकरण गरिदिन्छु भनी सेवा अवरुद्ध गर्ने सात जना बिचौलिया पक्राउ परेका छन् ।
प्रहरी वृत्त स्वयम्भूको टोलीले उनीहरूलाई नियन्त्रणमा लिँदा १ लाख २२ हजार नगद र ५३ थान बिलबुक बरामद गरेको छ । पक्राउ पर्नेमा रौतहटका बलबहादुर सुनार, रामेछापका विज्ञान राई र रमेश कार्की, काठमाडौंका सञ्जय राजवाहक र विमल तामाङ, धादिङकी कल्पना लम्साल र नुवाकोटका उद्धव खनाल रहेका छन् ।



प्रहरीले उनीहरूको यो गतिविधिले सार्वजनिक सेवा प्रवाहमा ठूलो अवरोध सिर्जना भएको बताएको छ ।



