काठमाडौं । साफ च्याम्पियनसीपको उपाधिका लागि आज भारत र कुवेत भिड्दै छन् ।

घरेलु मैदानमा हुने खेलमा भारत कीर्तिमानी नवौं पटकको उपाधि जित्ने दाउमा छ । स्ट्राइकर सुनिल क्षेत्रीको कप्तानीमा रहेको यो टोली अर्को इतिहास रच्ने उद्देश्यले मैदानमा सहभागी हुँदै छ । साफ च्याम्पियनसीपमा आफ्नो पहिलो सहभागितामा नै कुवेत इतिहास रच्न चाहन्छ ।

भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ४–० गोलअन्तरले हराएको थियो । दोस्रो खेलमा नेपालविरुद्ध २–० गोलले विजयी भारत तेस्रो खेलमा कुवेतसँग १–१ गोलको बराबरीमा खेलेको थियो । एउटै समूहमा रहेका भारत र कुवेत पहिलो पटक साफको फाइनल खेल्न लागेका हुन् ।

भारत नवौं पटकको उपाधि जित्ने दाउमा छ । खेल बैंग्लोरमा राति पौने आठ बजे सुरु हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय