काठमाडौं । साफ च्याम्पियनसीप फुटबलमा नेपालले पाकिस्तानलाई हराएको छ ।
भारतको कान्तिरभा रंगशालामा भएको अन्तिम खेलमा पाकिस्तानलाई १–० गोलअन्तरले हराउँदै नेपालले सान्त्वना जीत हासिल गरेको हो । जीतको लागि आशिष चौधरीले खेलको ७९औं मिनेटमा गोल गरे । हाफ टाइमपछि मैदान छिरेका चौधरीले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो । गत वर्ष मात्रै राष्ट्रिय टोलीमा डेब्यू गरेका चौधरीको उक्त गोल नै निर्णायक सावित हुन पुग्यो ।



यसअघि भएका दुवै खेलमा पराजय भोगेको नेपाल र पाकिस्तान प्रतियोगिताबाटै बाहिरिएको छ । नेपाल कुवेतसँग ३–१ र भारतसँग २–० ले पराजीत भएको थियो ।



