काठमाडौं । साफ यू–२० च्याम्पियनसीप फुटबलको उपाधि बंगलादेशले जितेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई ४–१ गोलले हराउँदै उपाधि जितेको हो ।

एकपक्षीय खेलमा बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले २ गोल गरे भने राबी हुसेन राहुल र पियास अहमद नोभाले १÷१ गोल गरे । नेपालका लागि समीर तामाङले एक गोल फर्काए । खेलको सुरुदेखि अन्त्यसम्म नै बंगलादेशको नेपाललाई दबाबमा राखेको थियो ।

नेपालले समूह चरणको खेलमा भने बंगलादेशलाई २–१ गोलले पराजित गरेको थियो । बंगलादेशले साविक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले पराजित गर्दै फाइनल पुगेको थियो । बंगलादेशले पहिलोपटक साफ यू–२० उपाधि जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय