काठमाडौं । काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव दक्षिणकालीमा भेटिएको छ ।

साउन २ गते सामाखुशी खोलाको बाढीले १३ वर्षीय बालक विधान आलेमगरलाई बगाएको थियो । दक्षिणकालीमा बागमती नदीको किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानको क्रममा शव आलेमगरको भएको पुष्टि गरेको थियो ।

बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले खोजी गरिरहेको थियो । मगरको शव ११ दिनपछि भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय