काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमाको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जनैपूर्णिमा, रक्षाबन्धन, ऋषि तर्पणी तथा राखी पर्वको अवसरमा शुभकामना दिनुभएको हो । जनैपूर्णिमाको दिन गुरु पुरोहित, आफन्तजन एवं इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहेको छ ।



प्रधानमन्त्री ओलीले ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजदिदीहरुबाट रक्षाबन्धन गर्नुभयो ।



