पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसंगै सार्वजनिक यातायातको भाडा पनि वृद्धि भएको छ ।मंगलबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलरमट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले वृद्धि गरेको हो ।पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १७५.५, दोस्रोमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १६४.५, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ कायम भएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा वृद्धि भएको हो । यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो । जसमा यात्रुवाहक र मालवाहक सवारीको भाडा वृद्धि भएको हो ।नयाँ भाडादर अनुसार यात्रुवाहक सवारी साधनको ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६।१५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको ६.८३ प्रतिशतले भाडा वृद्धि भएको छ । नयाँ भाडादर बुधबार देखि नै लागू हुने छ ।

https://drive.google.com/file/d/1TbqmAds-YFerRNk9ab0q_tTqhPTEKsi2/view?usp=sharing

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय