काठमाडौँ- देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्रै संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम UNDP को गाडीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सवार गाडीलाई ठक्कर दिएको छ। गम्भीर सुरक्षा र सवारी आवागमन कडाइ गरिने सिंहदरबारभित्रै भएको यो दुर्घटना पछि केही बेर खलबली मच्चिएको थियो।
दुर्घटनामा दुवै गाडीमा आंशिक क्षति पुगेको छ भने कुनै गम्भीर मानवीय क्षति भने भएको छैन। सिंहदरबारभित्र सामान्यतया गति सीमित र नियन्त्रित रूपमा सवारी साधन सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि चालकको असावधानीका कारण उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनापछि प्रहरीले दुवै पक्षलाई राखेर आवश्यक प्रक्रिया अघि बढाएको छ।






