सिन्धुलीको तिनपाटन गाउँपालिका ४ मा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना विरामी परेका छन । ६७ बर्षिय केशर बहादुर भुजेलको परिवारले जंगली च्याउ खाँदा विरामी परेका हुन । च्याउ खाँदा केशर बहादुर भुजेल, उहाँको श्रीमती ५३ बर्षिय पूर्णमाया भुजेल, उहाँको छोरा ३८ बर्षिय घनश्याम भुजेल, नाती २१ बर्षिय किरण भुजेल र नातिनी बुहारी २० बर्षिया नानीमाया समाल विरामी पर्नु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कुमार कटुवालले जानकारी दिएकाहुन ।
विरामी परेकाहरुको स्वास्थ्य अवस्था मध्यम रहेको छ । विरामीहरुको प्राथामिक स्वास्थ्य केन्द्र लाम्पान्टारमा उपचार भई रहेको छ ।






