काठमाडौं । जिल्लाको घ्याङ्लेक गाउँपालिका–२ सातदोबाटोस्थित नाङ्गे डाँडाको जंगलमा अन्दाजी ३५–४० वर्षकी महिलाको शव फेला परेको छ । प्रारम्भमा नाम, थर नखुलेकी ती महिलाको सनाखत पछि घ्याङ्लेक गाउँपालिका–२, चन्दनपुर निवासी सन्चमाया वाइवा लामा रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सन्चमाया वाइवा लामा २०८२ साल साउन ११ गते हराएको भनी परिवारजनले २०८२ साउन १५ गते ईलाका प्रहरी कार्यालय बस्तिपुरमा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले खोजतलास जारी राखेको थियो।

शव फेला परेको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सुरज अधिकारीले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय