सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा रहेको जिल्ला कारागारमा एक कैद बन्दीकोे मृत्यु भएको छ । सिन्धुली जिल्लाको दुधौंली नगरपालिका वडा नं १० निवासी ज्ञानबहादुर मगरका २७ वर्षीया छोरा विमल मगरको गएराती सिन्धुली कारागारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिहार चा“डको उपलक्ष्यमा कारगारमा रहेका कैदी बन्दीहरुसंग बेलुकी देउसी खेलेर सुतेका उनी एक्कासी विमारी परेर सिन्धुली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।मगरको मृत्युको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय