बीरगन्ज- बीरगन्ज भन्सार मातहत रहेको सिम्रौनगढ छोटी भन्सार सञ्चालनको छ महिनामै पुन बन्द भएको छ । भन्सार कार्यलयमा विगत २ महिना देखि कर्मचारी गएका छैनन । बीरगन्ज भन्सार अन्र्तगत रहेका ११ छोटी भन्सारमध्ये सिम्रौनगढ भन्सारपनि एक हो । पुरानो छोटी भन्सार ०५९ सालमा सुरक्षाको कारण देखाउँदै बन्द भएपनि स्थानीयको दवावपछि छ महिना अघि सञ्चालनमा आएको थियो । तर पछिल्लो दुई महिनादेखि कर्मचारी नबसेको स्थानीयले जानकारी दिए ।

सीमा क्षेत्रमा तस्करी नियन्त्रण र सीमा सुरक्षाका लागि सयौँको सङ्ख्यामा सुरक्षाकर्मी खटिने गरेका छन । स्थानीय प्रहरी, प्रशासनकै सामुन्ने तस्करी भैरहेकाले भन्सार हुनु नहुनुको अर्थ नरहेको एकथरी स्थानीयको भनाइ छ ।सिम्रौनगढ मधेश प्रदेशका मुख्य मन्त्री समेत रहेका सरोज कुमार यादबको क्षेत्रमा समेत पर्दछ । सिम्रौनगढ नगरपालिकाको भन्सार कार्यलय खुलाउन ताकेता गरेपनि सुनुवाइ भएको छैन ।

छोटी भन्सार पुर्नस्थापित गर्न माग गर्दै स्थानीयले आन्दोलनको तयारी समेत गरेका छन । सिमरौनागढ़सँगै बाराको मटिअर्वाका छोटी भन्सार कार्यालय अहिले बन्द छ । छोटी भन्सारबाट १० हजार सम्मको घरायसी प्रयोजनका सामान ल्याउन सक्ने व्यवस्था छ । तर, व्यवसायिक प्रयोजनका लाखौँ रुपैयाँका सामान भन्सार छली गरेर यी नाकाहरूबाट सिम्रौनगढ, तामागढी सडक खण्ड हुँदै निजगढसम्म पुग्ने गर्दछ । छोटी भन्सार कार्यालय सन्चालन नहुदा राज्यलाई करबाट आउने करोडौको करको रकम नोक्सान हुने गरेको पाईन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय