सिरहाका मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालयभित्रै साहुलाई कुटपिट गरेका छन । विहीबार मिटरब्याजको मुद्दामा छलफल भइरहेको बेला पीडितहरुले साहुलाई कुटेका हुन । कुटपिटबाट सूर्यकुमार यादव र सुबोध कुमार यादव घाइते भएका छन । सुबोधको टाउको फुटेको छ भने सूर्य कुमारलाई चोटपटक लागेको छ । ऋणी राज कुमार महतो र धनी सूर्य कुमार यादबबीच लेनदेनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमै भनाभन भएको थियो । त्यही क्रममा ऋणीहरुले धनी सूर्य कुमारलाई कुटपिट गरिरहेको छुटाउन गएपछि आफुलाई पनि कुटपिट गरी टाउको फुटाइदिएको सुबोध कुमार यादवले बताए ।

सूर्य कुमार यादवबाट महतोले सुरुमा ७ लाख रुपैयाँको लेनदेन गरेका थिए । एउटै लेनदेनमा तीन तीन वटा कपाली तमसुक बनाएका यादवले आफ्नै मुद्दा मिलाउनको लागि पटक पटक पैसा मागेर सहमति गरेको पीडितको भनाइ छ ।जिल्ला प्रशासन कार्यालयमा छलफलको बेलासमेत ऋणीको कुरा नसुनेपछि आक्रोसित बनेका महतोले यादवलाई कुटेको स्वीकार गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय