काठमाडौं । सिरहा कारागारमा उत्पन्न तनावपूर्ण अवस्थापछि जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । कारागार प्रमुखको कार्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकमा कारागारको समग्र सुरक्षा अवस्था, कैदीद्वारा गरिएको विरोध प्रदर्शन र त्यसलाई नियन्त्रणमा लिने उपायबारे गम्भीर छलफल भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैठकपछि मात्रै थप निर्णय र आधिकारिक जानकारी सार्वजनिक गरिने बताइएको छ ।

यसअघि सोमबार बिहान गोप्य सूचनाका आधारमा गरिएको विशेष खोजतलासका क्रममा कारागार नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र एक लाख २० हजार रुपैयाँ नगद बरामद भएको थियो । सोही क्रममा यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएकामध्ये एक जनालाई रिहा गरी बाँकी १२ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको प्रशासनले जनाएको छ ।

नाइके हटाइएको विरोधमा कैदीहरूले नाराबाजी तथा होहल्ला गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । अवस्था नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो । हाल कारागारभित्र र बाहिर सुरक्षा व्यवस्था थप कडा पारिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय