काठमाडौं । सिस्नेखोला–नागढुंगा सुरुङमार्ग आयोजनाका कर्मचारीले ournewscrew.com का पत्रकारलाई दुर्व्यवहार गरेका छन् । सुरुङमार्ग निर्माण आयोजनाको क्षेत्रीय कार्यालय चन्द्रागिरि–२ मा कार्यरत कर्मचारीहरुले ournewscrew.com को टोलिमाथि हातपातको प्रयास गरेका हुन् । सुरुङमार्ग प्रभावित स्थानीयले आयोजनाका कारण खानेपानीको मुहान सुकेको, घरहरु चर्किएको, केही स्थानमा जमीन भासिएकोलगायतका गुनासोको सम्बोधन नभएको भन्दै स्थानीयको आन्दोलनबारे आयोजनाको धारणा बुझ्नका लागि कार्यालय पुगेको ournewscrew.com को टोलीमाथि दुर्व्यवहार गरेको हो ।

आयोजनास्थलका प्रमुख अच्युत भट्टको अनुमति लिएर कार्यालय भित्रको दृष्य छायाँकन गर्ने क्रममा कर्मचारीहरुले दृष्य नखिच भन्दै क्यामेरा खोस्ने प्रयास समेत गरेका थिए । कार्यालय प्रमुखको अनुमतिसहित छायाँकन गर्न लागेको बताउँदा बताउँदै पनि केही कर्मचारी एक्कासी आक्रमणमा उत्रिएका थिए ।

राष्ट्रिय गौरवको आयोजनाको समाचार संकलन र प्रभावितको गुनासो जस्ताको तस्तै पस्कने प्रयासमा रहेको ournewscrew.com को टोलीमाथि दुर्व्यवहार हुनु अस्वभाविक हो । यस्ता घटनाप्रति खेद व्यक्त गर्दै ournewscrew.com सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराउँदछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय