काठमाडौं । सिस्नेखोला–नागढुंगा सुरुङमार्ग निर्माणको क्रममा प्रभाबित स्थानीयले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन ।

बुधबार चन्द्रागिरि नगरपालिकाका प्रमुख सहित स्थानियले  भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमै पुगेर माग सम्बोधनका लागि ध्यानाकर्षण गराएका हुन । सुरुङमार्ग निर्माणका क्रममा चर्केको भौतिक संरचनाको उचित क्षतिपूर्तिको व्यबस्था गर्नुपर्ने, पर्याप्त खानेपानीको व्यबस्था गर्नु पर्ने, प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने, सुरुङ माथीको जमीनको विषयमा उचित सम्बोधन हुनुपर्ने, खेतीयोग्य जमिनमा सिंचाईको ब्यवस्था गरिनुपर्ने लगायतको माग स्थानियको छ । मन्त्रालयमा भएको वार्तामा खानेपानीको व्यबस्थाका लागि पहल भैसकेको र अन्य बिषयमा प्रबिधिक सर्वेक्षण पश्चातमात्र माग सम्बोेधन गर्न सकिने आश्वासन मन्त्रालयले दिएको छ । पटक पटक आश्वाशन मात्र दिइएको तर माग सम्बोधन गर्ने बिषय कार्यान्वयन नभएकाले माग पुरा गरेर मात्र सुरुङमार्गको काम सुचारु गर्न स्थानियले दावाब दिएका छन ।

सुरुङमार्ग प्रभावितहरुले मंगलबार प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लाई भेटेर स्थानिय समस्याहरु आयोजनाले सम्बोधन नगरेको विषयमा ध्यानाकर्षण गराएका थिए ।आयोजनाले तयार गरेको प्रतिवेदनमा उल्लेखित बुँदाहरु कार्यान्वयन गरिनुपर्ने साथै स्थानीयहरुले उठाएका मागहरुको तत्काल समाधान निकाल्नुपर्ने ध्यानाकर्षण पत्र उल्लेख छ । प्रधानमन्त्रीले यथाशीघ्र समाधानको पहल गरिने आश्वासन दिएका त छन तर स्थानिय भने प्रधानमन्त्रीको आश्वासनमा बिस्वस्त छैनन । फागुन ६ गते देखि स्थानियले माग सम्बोधन नभएको भन्दै निरन्तर बिरोध कार्यक्रमहरु गरिरहेका छन जस्का कारण सुरुङमार्गको काम ठप्प छ ।

२ हजार ६ सय ८८ मिटर लम्वाइको सिस्नेखोला–नागढुंगा सुरुङमार्गमा १४ मिटरमात्र खन्न बाँकी छ । सुरुङमार्गको मुख्य टनेल आगामी २३ फागुन (६ मार्च)मा ‘ब्रेक थ्रु’ गरिने लक्ष्य छ । जापानी निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनले डिसेम्बर २०७७ पुस देखि सुरुङ खन्न सुरु गरेको थियो । टनेलको ब्यास ९.५ मिटर रहेको छ, जहाँ दुई लेन सडक हुनेछ । यसको उचाई भने ८.३ मिटरको रहेको छ । रेस्क्यु टनेलको ब्यास भने ४.५ मिटर रहेको छ । यो सिंगल लेन सडक हुनेछ । यो आयोजना बनाउन कुल २२ अर्ब १४ करोड लाग्ने अनुमान छ । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड सहुलियत ऋण उपलब्ध गराएको छ । बाँकी पाँच अर्ब ८५ करोड नेपालको लगानी हो ।हालसम्म आयोजनाको भौतिक प्रगति ६१.१५ प्रतिशत,र वित्तीय प्रगति भने ६३.९६ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ । परियोजनाका ११ वटा संरचना पनि तयार भइसकेका छन् । आयोजनामा बन्ने १२ संरचनामध्ये तीन अन्डरपास र चार बक्स कल्भर्ट (माथि गाडी गुड्ने तल पानी बग्ने संरचना)को निर्माण सकिएको छ । यसैगरी, एक ओभरपास, तीनवटा पुलको निर्माण पनि सम्पन्न भइसकेको छ । फ्लाई ओभर भने निर्माणको चरणमा छ । आयोजनाको यत्ति धेरै कार्य सम्पन्न भैसक्दा पनि सुरुङमार्ग प्रभाबितहरुको माग भने सम्बोधन हुन सकेको छैन ।माग सम्बोधनको प्रतिबद्धता सबैतिरबाट पाएका स्थानीयले सुरुङमार्ग निर्माण अन्तिम चरणमा रहँदा समेत कुनै मागको सुनुवाई नभएपछि दबाब मुलक कार्यक्रमका साथै सरोकारवाला निकायको ध्यानाकर्षण गर्न बाध्य भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय