काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिंदै हुनुहुन्छ । आज बेलुकी ५ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो ।

नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई समर्थन गरेपनि तत्काल आफ्नो पार्टी सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । जसकारण आजको विश्वासको मत मुख्यमन्त्रीले लिने तयारी गरेपनि एमालेले विश्वासको मत दिने या नदिने भन्नेबारे अहिलेसम्म औपचारिक निर्णय गरेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्षधर प्रदेशसभा सदस्यले गैर संवैधानिक, गैरप्रजातान्त्रिक र संसदीय मर्यादा विपरीत मुख्यमन्त्री नियुक्त गरिएको भन्दै बैठकमा कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय