होली खेलेर नुहाउन सुनकोसी नदीमा गएका ३ जना बालबालिका अझै भेटिएका छैनन् । उदयपुरको त्रियुगा नगरपालिका १४-धाप्लाङघाटस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो तीन बालबालिका बेपत्ता थिए । उनीहरूकव खोजीका लागि बिहानैबाट सशस्त्र प्रहरी बलको गोताखोर टीम परिचालन गरिएको छ । आइतबार अबेरसम्म खोजी गरिएपनी नभेटेपछि सोमबार बिहानैबाट पुन खोजी सुरू गरिएको हो ।
साउनेबाट कोसीमा पौडी खेल्न गएका रुद्रबहादुर मगरकी छोरी १२ वर्षीया रेखा मगर, केदार मगरको ९ वर्षीय छोरा रिदम मगर र मेहरमान मगरको १२ वर्षीय छोरा लोकबहादुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । केही बालबालिकालाई भने जीवित उद्धार गरिएको थियो ।






