काठमाडौं । मंगलबार सुनको मुल्य नेपाली बजारमा प्रति तोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रति तोला १ हजार ७ सय रुपैयाँले बढको हो ।यो संगै नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सोमबार ७ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ३७ हजार ५ सय रुपैयाँमा प्रति तोलामा सुनको कारोबार भएको थियो । चाँदी एक तोलाको १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।






