काठमाडौं । सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले बृद्धि भएको छ ।

सोमबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार १ हजार ४ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय