पछिल्लो एक सातामा नेपालमा सुनको मूल्यमा तीव्र वृद्धि भएको छ। गत हप्ता प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँमा पुग्दै कीर्तिमानी उचाइमा पुगेको छ। एक साता अवधिमा सुनको मूल्यमा ५ हजार ४ सय रुपैयाँको उल्लेखनीय वृद्धि भएको छ। लगातारजसो मूल्यवृद्धिले सुनले नयाँ कीर्तिमान कायम गरेको हो।
सुनको साप्ताहिक मूल्य वृद्धिको विवरण यस्तो छ:

आइतबार: २,३०० रुपैयाँले बढेर १,९७,५०० रुपैयाँ

सोमबार: ३०० रुपैयाँ घटेर १,९७,२०० रुपैयाँ

मंगलबार: १,५०० रुपैयाँले बढेर १,९८,७०० रुपैयाँ

बुधबार: ३०० रुपैयाँले बढेर १,९९,००० रुपैयाँ

बिहीबार: ४०० रुपैयाँले बढेर १,९९,४०० रुपैयाँ

शुक्रबार: १,२०० रुपैयाँले बढेर २,००,६०० रुपैयाँ

यस साताको सुरुवातदेखि अन्त्यसम्मको मूल्य अन्तर हेर्दा सुन प्रतितोला ५,४०० रुपैयाँले महँगिएको छ।

चाँदीको मूल्यमा पनि सामान्य वृद्धि

सुनको तुलनामा चाँदीको मूल्यमा यस साता सामान्य उतारचढाव देखिए पनि समग्रमा मूल्य बढेको छ। अघिल्लो शुक्रबार प्रतितोला २,३१० रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार २,३६० रुपैयाँमा कारोबार भयो, जसले एक साता अवधिमा ५० रुपैयाँको वृद्धि देखाएको छ।

चाँदीको साप्ताहिक मूल्य विवरण:

आइतबार: ४० रुपैयाँ वृद्धि ९२,३५० रुपैयाँ

सोमबार: ५ रुपैयाँ वृद्धि ९२,३५५ रुपैयाँ

मंगलबार: ५ रुपैयाँ वृद्धि ९२,३६० रुपैयाँ

बुधबार: १५ रुपैयाँ घटेर ९२,३४५ रुपैयाँ

बिहीबार: १० रुपैयाँ वृद्धि ९२,३५५ रुपैयाँ

शुक्रबार: ५ रुपैयाँ वृद्धि ९२,३६० रुपैयाँ

सुनको मूल्यले पहिलोपटक प्रतितोला २ लाखको आँकडा पार गर्दा बजारमा सुनचाँदीको कारोबारमा चासो बढेको छ। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजार, माग–आपूर्ति सन्तुलन, र मुद्रा विनिमय दरको उतारचढावले मूल्यवृद्धिमा भूमिका खेलेको हुनसक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय