विमानस्थलमा किलोका किलो सुन भित्रने गरेको नयाँ बिषय त हैन । यसले राष्ट्रिय राजनीति समेत तताएको थियो । विमानस्थलमा मात्र हैन पोखरामा मजदुरको साथबाट प्रहरीले ६ किलो भन्दा बढि सुन बरामद गरेको छ । त्यसमा पनि बर्षौ देखी सुनमा पोख्त कालिगडहरु अबैध सुनसहित पक्राउ परेका छन् । हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले यिनीहरुको एकआपसमा कुनै सम्बन्ध नरहेको देखिएको छ । उद्यपी अनुसन्धान भने जारी छ । कास्की प्रहरीले अबैध सुनको कारोवार गर्ने ११ जनालाई पक्राउ गरेको छ । शुक्रबार बेलुका सुनका गरगहना बनाउने विभिन्न स्थानमा छापा हानेर उनिहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उक्त अभियानलाई अपरेसन एल्लो मेटल नाम दिइएको छ । पक्राउ पर्ने सबै भारतीय नागरीक रहेको कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए । उनिहरुको साथबाट प्रहरीले ६ दशमलब ४ केजी सुन बरामद गरेको छ भने । शुक्रबारको बजार मुल्य अनुसार उक्त सुनको मुल्य १० करोड ९७ लाख हुने प्रहरीले जनाएको छ । यस्तै चाँदी ४ सय ४४ तोला ७३.९ लाल रहेको छ । चाँदीको बजार मूल्य १० लाख ४४ हजार ४ सय ६९ रुपैयाँ छ । भने उनिहरुको साथबाट ५ लाख १४ हजार ६ सय ६५ रुपैया पनि बरामद भएको ओलीयाले जानकारी दिए ।

पक्राउ परेकामध्ये भारत महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगतापको साथबाट ११ तोला २०.६ लाल सुन, २ सय ९६ तोला ३३ लाल चाँदी र नगद १ लाख ६० हजार ५ सय फेला परेको हो । कलकत्ताका ४५ वर्षीय मनिकलाल आदकबाट १३ तोला १७ लाल सुन र १० तोला ५५ लाल चाँदी बरामद भएको एसपी ओलियाले जानकारी दिए ।भारतकै हुग्लीका ३५ वर्षीय सन्दीप ढावसँग ३ तोला ८ लाल सुन बरामद भयो । पश्चिम बंगालका ४१ वर्षीय सोमनाथ पालसँग १२ तोला १२.७ लाल सुन र ९ तोला ५९.४ लाल चाँदी बरामद भएको छ । भारतकै कलकत्ताका ४७ वर्षीय दीपक सामन्तसँग ३८ तोला ५ लाल सुन र ३० तोला ११ लाल चाँदी फेला परेको एसपी ओलियाले जानकारी दिए । भारतकै मेद्नापुरका ४७ वर्षीय गोविन्दा दिण्डाको साथबाट मात्र २ सय १० तोला ८९ लाल सुन भेटियो ।

उनीहरु वर्षौंदेखि पोखरामा सुनचाँदी कालिगढ र डिजाइनको काम गर्दै आएका थिए । काम कालिगढ भने पनि सुनचाँदीको ओनर पनि उनीहरुनै रहेको प्रहरीको भनाई छ । अन्य व्यवसायीले सुनचाँदीको विलभरपाई दावी नगरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले शुक्रबार दिउँसो ४ बजेदेखि एकैसाथ मोहरिया टोल, तर्सापट्टी, भैरवटोल र चिप्लेढुंगाका विभिन्न पसल र गहना बनाउने स्थानमा काम गरिरहेको अवस्थामा भेटिएका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कर्यालयका बरिष्ठ प्रहरी अधिकृत खानतलासीमा खटिएका थिए । गोप्य सूचनाको आधारमा ११ ठाँउमा प्रहरीले एकै पटक छापा हानेको थियो । उनिहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने कास्की प्रहरीले जनाएको छ । यो अभियानले पोखरामा लामो समयदेखि कालिगढको नाममा लुकीछिपी भइरहेको अवैध सुनचाँदी कारोबारको चक्र तोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय