काठमाडौं । एक सय किलो सुन तस्करीमा पक्राउ परेका दावा छिरिङ र वर्षमान पुनको तस्वीर सामाजिक संजालमा देखिएपछि पुन विवादमा तानिएका छन् ।
नेकपा (माओवादी केन्द्र) का उप–महासचिव समेत रहेका पुनले संसदमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिंदै सुन प्रकारणमा आफ्नो कुनै संलग्नता नरहेको र दोषी ठहरिए कारवाही भोग्न आफु तयार रहेको बताउनु भयो । उहाँले फोटोको विषयमा प्रष्टपार्दै आठ वर्ष पहिले खिचिएको फोटोको सत्यतथ्य नबुझि सामाजिक संजालमा आएकै भरमा कसैको चरित्र हत्या गर्न नहुने उल्लेख गर्नुभयो ।



उहाँले प्रधानमन्त्रीले नेपाली राजनीतिलाई शुद्ध बनाउने उद्देश्यले भ्रष्टाचारविरुद्ध चलाएको अभियानलाई सबैले सहयोग गर्न पनि आग्रह गर्नुभयो । सांसद पुनले राज्यका निकाय पूर्वाग्रही हुन नहुने र राज्यले न्यायोचित ढंगले छानबिन गर्न आग्रह गर्नुभयो ।



