भारतको जम्मू कश्मीरको राजौरी जिल्लामा सुरक्षा बल र बिद्रोहीबिच भएको भिडन्तमा दुई क्याप्टेनसहित सेनाका चार जना जवानको मृत्यु भएको छ । दुई जना घाइते भएका छन । सेनाका अधिकारीका अनुसार घटनामा दुई क्याप्टेन, एक सार्जेन्ट र एक सिपाहीको मृत्यु भएको हो ।

यस भिडन्तमा अर्का मेजर घाइते भएका छन् र उनलाई उधमपुरको आर्मी अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले खोजी अभियानपछि धर्मसालको बजिमल क्षेत्रमा चरमपन्थी र सेना र जम्मू कश्मीर प्रहरीको संयुक्त बलबिच भिडन्त सुरु भएको बताइएको छ । लुकेर बसेका बिद्रोहीमाथि सेनाले कारबाही जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय