स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका–६ लामाखेतमा पहिरोले पुरिंदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिरुवा गाउँपालिका–६ माझकोटका ७१ वर्षीय माधव शर्मा, ६७ वर्षीया हरिमाया शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको हो । पहिरोको जोखिमबाट बच्न उनीहरुलाई घर नजिक सुरक्षित स्थानमा राखिएको थियो । सोही स्थानमा अचानक पहिरो खसेर घर पुरिंदा तीनै जनाको मृत्युभएको जिल्ला प्रहरी कार्यालयले स्याङजाले जनाएको छ ।



सोही पहिरोमा परी पाँच जना घाइते भएका छन् । स्थानीयबासी र प्रहरीले उनीहरुको उद्दार गरेको थियो ।



