काठमाडौं । सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि लागू हुनेगरी आफ्नो कार्यक्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको थियो । महानगरले सार्वजनिक स्थलमा धुम्रपान निषेधसमेत गरेको थियो । त्यसविरुद्ध श्रीराम टोवागो उद्योगले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

’निवेदकहरूले रितपूर्वक उद्योग व्यवसाय सञ्चालन गरी कर तथा राजश्वसमेत नियमित तिर्दै बुझाउँदै आएको अवस्थामा काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ४ एवं काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन, २०५० को दफा ४२ लाई आधार मानी निवेदकहरूको बिक्री वितरण समेतमा पूर्ण प्रतिबन्ध लगाइएको छ भन्ने सूचनाले निवेदकहरुले कानुनबमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपुरणीय क्षति पुग्नसक्ने अवस्था देखिएको हुँदा यसमा सुविधा सन्तुलन निवेदकहरूको पक्षमा विचारणीय देखिँदा काठमाडौं महानगरको २०८०-०८-१२ मा जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न नगराउनु भनि विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरदिएको छ,’ आदेशमा भनिएको छ ।

न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेल इजलासले शुक्रबार मुद्दाको अन्तिम किनारा नलागेसम्म महानगरको निर्णय कार्यान्यवन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय