सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालक जीबी राई पक्राउ परेका छन् । सर्वसाधारण निक्षेपकर्ताको रकम अपचलन गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका राई अहिले उपत्यका अपराध अनुसन्धान महाशाखा, मिनभवनको हिरासतमा राखिएको छ ।
उनीविरुद्ध आइतबार मात्रै पक्राउ पुर्जी जारी भएको थियो । राई समूहको सहकारीविरुद्ध ९ सय ७१ बचतकर्ताहरूले आफ्नो १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रूपैयाँ डुबेको भन्दै उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले भदौ २२ गते जिल्ला अदालत, कास्कीमा मुद्दा दर्ता गरेका थिए । सहकारीको कुल कारोबार १ अर्ब ५५ करोड रहेको देखिएको छ ।






