पोखरा – सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं ३७ लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार रिहा भएकी छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लिला पछाईंसहित सात जनालाई बिहीबार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। अन्य छजना बिहीबार नै धरौटी बुझाएर रिहा भए पनि लिलाले शुक्रबार धरौटी बुझाएकी हुन्।

जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार, अभियुक्तहरूमाथि ठगीको आरोपमा कानूनी प्रक्रिया अघि बढाइएको छ। यो प्रकरणले सहकारी क्षेत्रको पारदर्शिता र जवाफदेहितामाथि प्रश्न खडा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय