लामो समयपछि सेयरबजारमा पौने ७ अर्बको कारोबार भएको छ। झण्डै १ वर्षपछि यति धेरै परिमाणको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। गत वर्ष पुस २६ गते ७ अर्ब २९ करोडको कारोबार भएयताकै यो ठूलो कारोबार हो। नेप्से सूचक ३८.१४ अंकले हरियो भएसँगै सोमबार बजार परिसूचक २ हजार विन्दुमाथि पुगेको छ।
आज कुल २ करोड १४ लाख कित्ता सेयर बिक्री भएका छन्। यो भनेको ६ अर्ब ८६ करोडको कारोबार हो। सोमबार १६५ कम्पनीको सेयर बढ्दा ७२ वटाको घटेको र ५ वटाको उही मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ। आज बोटलर्स नेपाल, सूर्यज्योति लाइफ, स्वरोजगार लघुवित्तलगायका सेयरधनीले कमाएका छन् भने हिमालयन पावर, डोल्टी पावरलगायका कम्पनीका सेयरधनीले गुमाएका छन्।






