सेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ । परिसूचक नेप्से २१.९ अंकले घटेर २ हजार ११ दशमलब १४ अंकमा कायम भएको हो । आज कुल १ अर्ब ४४ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, ज्योति विकास बैंक, सोल्टी होटल र घोराही सिमेन्ट क्रमशः अगाडि रहे ।

आईतबार फरवार्ड माइक्रोफाइनान्सको मूल्य ४.५ तथा आरएसडीसीको ४ प्रतिशत बढेको छ । त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत घटेको छ । कारोबारमा आएका २९ कम्पनीको मूल्य बढ्दा १ सय ९० को घट्यो भने ८ को स्थिर रहेको छ । आज बजारका सबै उपसमूह झरेका छन् । बैंकिङ ३, विकास बैंक ३५, फाइनान्स ११, होटल तथा पर्यटन १०६, जलविद्युत् ५०, जीवन बीमा १ सय ३४, उत्पादन ८८, निर्जीवन बीमा १७२, अन्य २३ र व्यापार उपसमूह ३६ अंक घटेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय