काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले हाटबजारको अवलोकन गर्नुभएको छ ।
नगरपालिकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नगरको प्राङ्गणमा दुई दिने हाट बजारको आयोजना गरेको हो । नगरपालिकाले तालिम प्रदान गरेको तथा मौलिक सीपमा आधारित व्यवसाय प्रवर्द्धनको लागि अनुदान प्रदान गरेको व्यवसायी तथा अन्य व्यवसायीद्वारा उत्पादन गरिएका बस्तुहरुको प्रदर्शनी तथा बिक्री वितरणका लागि उक्त हाट बजार २७ र २८ गते दुई दिने हाट बजार संचालन गरेको थियो ।



नगर प्रमुख गिरीले स्थानीय उत्पादन प्रवर्द्धनका लागि विभिन्न वडाहरुमा यस किसिमको हाट बजार संचालन हुँदै आएको र नगरको १५ वटै वडामा स्थानीय उत्पादनलाई प्रोत्साहनका लागि यस्ता प्रकारका हाटबजार निरन्तर गर्दैजाने बताउनु भयो । नगरपालिकाले स्थानीय उत्पादन विक्रीका लागि केही वडामा विक्री केन्द्रसमेत संचालन गरिसकेको जानकारी गराउनु भयो ।















