वीरगन्ज- वीरगन्जमा बुधबारदेखि ‘दोस्रो वीरगन्ज फुटवेयर एक्स्पो २०८०’ सुरु भएको छ ।वीरगन्जको लालबंगला परिसरमा नेपाली जुत्ता–चप्पल उत्पादन संघले बुधबारदेखि एक महिने ‘दोस्रो वीरगन्ज फुटवेयर एक्स्पो २०८०’ सुरु गरेको हो ।

एक्सपोको वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गर्दै वीरगन्जमा आयोजित एक महिने जुत्ता–चप्पल व्यपार मेलाले अहिलेको आर्थिक मन्दिको प्रभावमा परेको वीरगन्जको व्यपार–व्यवसायलाई चलायमान बनाउन टेवा पुने अपेक्षा गरेको बताए । उनले नेपाली उत्पादनको प्रयोगलाई हरेक नेपालीले प्राथमिकता दिए मुलुकको अर्थतन्त्रपनि बलियो हुने बताए ।

स्वदेशी उत्पादनका जुत्ता–चप्पल उपभोक्तको आफनै घरदैलोमा सुलभ मुल्यमा उपलब्ध गराउने उदेश्यले मोफसल बाहिर वीरगन्जमा एक महिने फुटवेयर एक्स्पो आयोजना गरिएको नेपाल जुत्ता उत्पादक संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुरज बन्जोडेले बताए ।

वीरगन्ज फुटवेयर एक्सोमा नेपालकै विभिन्न १३ वटा उद्योगका ५० वटा ब्राण्डका तीन हजार मोडेल जुत्ता–चप्पलका २६ वटा स्टलहरु राखिएको छ । ती स्टलमा १ सय ५० देखि ५ हजार रुपैयाँसम्म मुल्यका जुत्ता–चप्पलहरु बिक्रीका लागि राखिएको जानकारी बन्जाडेले दिए ।

एक महिने एक्सपोमा ३५ देखि ४० हजार जोर जुत्ता बिक्री हुने र त्यसबाट करिब तीन करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको आयोजकले जनाए ।एक्सपोमा जुत्ता–चप्पल खरिदमा ग्राहकलाई १५ देखि ५० प्रतिशतसम्म छुटपनि दिइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय