काठमाडौँमा हरेक १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्र वर्षे जात्राअन्तर्गत शुक्रबार हनुमानढोका परिसरमा पचली भैरवको नाँच नचाइएको छ । दशैँको विजया दशमीको दिनदेखि शुरु हुने पचली भैरवको जात्रा एक वर्षसम्म चल्ने गर्दछ ।

जात्राअन्तर्गत काठमाडौंको मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भिमसेनथान, नक्साल, हाँडीगाउँलगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा नाँच प्रदर्शन गर्ने गरिन्छ । देशको रक्षा र कल्याणको कामना गर्दै देखाइने जात्रा राजा गुणकामदेवको पालादेखि प्रचलनमा आएको जानकारहरु बताउँछन् ।

सामान्य बोलीमा पचली भैरवको बाह्र वर्षे नाच भनिए पनि यो नाचको खास नाम भने ‘श्री पचली भैरवको खड्ग सिद्धी नाच’ समेत भनिन्छ । जात्राका क्रममा श्री भैरवले काष्ठमण्डप छेवैको भुतिसतलमा बसेर राजासँग खड्ग साट्ने परम्परा रहिआएकोमा राजतन्त्र अन्त्य भएसँगै अहिले भने यो क्रम भंग भएको छ ।

अबको एक वर्षसम्म चल्ने खड्ग सिद्ध जात्रा वि.सं. २०८१ सालको भलभल अष्टमीका दिन समापन हुन्छ । नाच समापन भएपछि नाचका पात्रहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाइने जानकारहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय