खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारमा आइतबार साँझ ग्यास सिलिन्डर लिक भएर लागेको आगलागी करिब चार घण्टापछि नियन्त्रणमा आएको छ। आगलागी साँझ ६ बजेतिर पदम राईको भान्छा कोठामा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएपछि सुरु भएको थियो। स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ बजे मात्र आगो नियन्त्रणमा ल्याउन सकिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए।

आगलागीबाट पदम राईको घर तथा हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घर जलेर नष्ट भएका छन्। मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमालको क्षति भएको स्थानीयले बताएका छन्। हलेसी क्षेत्र सुक्खाग्रस्त भएकाले आगो निभाउन पानीको अभाव भएको थियो। आगलागी नियन्त्रणका लागि जिल्ला प्रशासनबाट तीनवटै सुरक्षा निकायका टोली परिचालित भएका थिए। तर, दमकल अभावका कारण आगो तत्काल निभाउन कठिनाइ भएको प्रहरी निरीक्षक राईले बताए।

दमकलको व्यवस्था नहुँदा आगलागी नियन्त्रणमा ढिलाइ हुन गई ठूलो आर्थिक क्षति भएको देखिन्छ। स्थानीय तह तथा प्रशासनले भविष्यमा यस्ता घटनाबाट बच्न दमकल व्यवस्था, विपद् व्यवस्थापन तथा आपतकालीन सेवाहरूलाई सुदृढ गर्न आवश्यक देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय