काठमाडौं । सहकारी ठगीको आरोपमा अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुई उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् । भेटमा लामिछानेले आफूलाई हिरासतमा नलिई अनुसन्धान गर्न सकिनेमा सत्तापक्षले राजनीतिक प्रतिशोधका कारण हिरासतमा राखेको बताएका थिए ।

उहाँले आफूलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध हो भन्ने कुरा जनतालाई बुझाउन निर्देशन दिएको उपसभापति अर्यालले जानकारी दिनुभयो । प्रहरी कार्यालयबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा अर्यालले सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले आन्दोलनलाई निरन्तरता दिने बताउनु भयो । आफ्ना सभापति लामिछानेप्रति वर्तमान सत्ता निर्दयी भएको उहाँको टिप्पणी छ ।

रविलाई सहकारी ठगिमा अनुसन्धानका लागि रुपन्देही लैजाने तयारी भइरहँदा रास्वपाका नेताहरु रविलाई भेटेर आन्दोलनका कार्यक्रमलाई कसरी लैजाने भन्नेमा सक्रिय देखिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय