हुम्लाको सदरमुकाम सिमकोट बजारमा रहेको एक घरमा आगलागी भएको छ । आगलागीबाट क्षतिको विवरण आउन बाँकि रहेको छ । सिमकोट गाउँपालिका वडा नम्वर ५ स्थित सिमकोट बजारमा रहेको तीन तले एक घर आगलागि भएको हो ।घर आगलागी हुनेमा सिमकोट गाउपालिका वडा नम्बर ५ का वसन्त रोकयाको रहेको छ ।
मंगलबार बिहान ९ः४५ बाट सुरु भएको अगालगी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।खाना पकाउन प्रयोग गरिने धुवा रहित फलामे चुलोको पाइपबाट आगलागी सुरु भइ रोकयाको ३ तले गरको माथिल्लो तला पुर्ण रुपमा नष्ट भएको छ । बिहानबाट सुरु भएको अगालगी अहिले सम्म पनि निरन्तर रहेकाले नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, बाल मन्दिर माबिका बिद्यार्थी र स्थानियको पर्यासमा आगो नियन्त्रण लिने कार्य भईरहेको छ ।



घरमा आगलगी हुने बित्तिकै सबैले थाह पाएपनी घरमा काठको प्रयोग धेरै भएका कारण निभान अशज भएको देखिएको छ । आगालि नियन्त्रणका क्रममा रोकायाकी श्रीमती लक्ष्मी रोकयाको छातिमा चोट लागेको छ भने एक जना नेपाली सेनापनि भर्याङबाट लडेर घाईते सामान्य घाइते भएका छन ।आगलागी निरन्तर भइरहदा निभाउने प्रयास भइरहेकाले क्षेतीको बिबरण आउन बाकि रहेको छ ।



